काठमाडौँ । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड तथा समाचार कक्ष (न्युजरूम) मा प्रहरी र सरकारी निकायको हस्तक्षेप बढेको भन्दै पत्रकारहरूले काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।

विज्ञापन

नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाको आह्वानमा शनिबार बिहान आयोजित प्रदर्शनमा पत्रकारहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै विरोध गरेका हुन्।

विज्ञापन

पत्रकार तथा सञ्चारमाध्यममाथि भइरहेको कारबाही र हस्तक्षेपले प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नै चुनौती थपिएको भन्दै उनीहरू सडकमा उत्रिएका थिए।

विज्ञापन

प्रदर्शनका क्रममा सहभागी पत्रकारहरूले सरकारविरुद्ध नाराबाजी गर्नुका साथै विभिन्न सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। उनीहरूले सञ्चारमाध्यममाथिको हस्तक्षेप बन्द गर्न र पत्रकारलाई निर्बाध रूपमा काम गर्ने वातावरण सुनिश्चित गर्न माग गरेका छन्।

विज्ञापन

स्रोत: WordPress

विज्ञापन