काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ । यस दिन सुनको मूल्य प्रतितोला ५ हजार ९०० रुपैयाँले घटेको हो ।
नेपालमा बिहीबार प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर २ लाख ८३ हजार रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १० ग्राम छापावाल सुनको मूल्य २ लाख ४२ हजार ६२५ रुपैयाँ निर्धारण गरिएको छ। यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला ३ हजार ९२० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ११० रुपैयाँले घटेर ३ हजार ८१० रुपैयाँमा झरेको छ ।
शुक्रबार १० ग्राम चाँदीको मूल्य ३ हजार २६७ रुपैयाँ कायम भएको छ । सुनचाँदी दुवैको मूल्यमा एकैदिन उल्लेख्य गिरावट आएसँगै बजारमा खरिदबिक्री गर्ने उपभोक्तालाई केही राहत मिल्ने देखिएको छ ।
स्रोत: WordPress
पाठक प्रतिक्रिया
टिप्पणी गर्न Google खाताबाट लगइन गर्नुहोस्।
Google बाट लगइन गरेर टिप्पणी गर्नुहोस्अहिलेसम्म प्रकाशित टिप्पणी छैन।