बीरगंज २४ कात्तिक ।  

विज्ञापन

वीरगन्जका नेवार समुदायले विभिन्न सांस्कृतिक कार्यक्रम र र्याली सहित नयाँ वर्ष ‘नेपाल संवत् ११४७’ धुमधामका साथ मनाएका छन्। नेवा देय दबू जिल्ला कार्य समिति पर्साको आयोजनामा वीरगन्जस्थित शंखधर साख्वा पार्कमा विशेष समारोहको आयोजना गरी यो पर्व मनाइएको हो।

विज्ञापन

पर्वको अवसरमा निकालिएको  र्याली मा परम्परागत नेवारी सांस्कृतिक पहिरनमा सजिएका महिला तथा पुरुषहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण गर्दै सम्मान व्यक्त गर्नुभयो। कार्यक्रममा पूर्वमन्त्री प्रदीप यादवको समेत उपस्थिति रहेको थियो।

विज्ञापन

सो अवसरमा नेवा पुचका अध्यक्ष हरि वैद्यले नेपाल संवत्को ऐतिहासिक तथा सांस्कृतिक महत्वमाथि प्रकाश पार्दै, तत्कालीन समयमा जनतालाई ऋणमुक्त बनाउन शंखधर साख्वाले पुर्‍याएको योगदानको स्मरण गर्नुभयो। सहभागीहरूले एकापसमा नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै यस पर्वलाई मौलिक पहिचान, ऐतिहासिक गौरव र सांस्कृतिक एकताको प्रतीकका रूपमा हर्षोल्लासपूर्वक मनाएका छन्।

विज्ञापन