काठमाडौं । जबर्जस्ती करणीको आरोप लागेका नेपाली सेनाका मेजर अनिल बस्नेत पुर्पक्षका लागि कारागार चलान भएका छन्। अमेरिकी मूलकी नेपाली युवतीले दिएको जाहेरीका आधारमा अघि बढेको मुद्दामा अदालतले उनलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो।
प्राप्त विवरणअनुसार, अमेरिकाबाट नेपाल फर्किएकी युवती र मेजर बस्नेतबीच चिनजान भएपछि दुवै जना एक होटलमा रात बिताउन पुगेका थिए। युवतीको भनाइअनुसार, बस्नेत भोलिपल्ट बिहानै होटलबाट निस्किएपछि सम्पर्कविहीन भएका थिए। त्यसपछि उनीहरूको सम्बन्ध र घटनाक्रमलाई लिएर विवाद उत्पन्न भएको थियो।
असोज दोस्रो सातातिर युवतीले काठमाडौंको दरबारमार्ग प्रहरी वृत्तमा उजुरी दिएपछि प्रहरीले बस्नेतलाई सम्पर्क गरी प्रहरी कार्यालयमा उपस्थित हुन बोलाएको थियो। सोही उजुरीका आधारमा प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको थियो।
सोलुखुम्बुका बस्नेत नेपाली सेनाको जंगी अड्डास्थित सिग्नल बटालियनअन्तर्गत गणेशदल नजिकको क्यान्टिनमा कार्यरत रहेको बताइएको छ।
बस्नेत यसअघि पनि विवादमा परेको बताइएको छ। केही वर्षअघि खरिपाटीस्थित क्याडेट तालिमका क्रममा महिला प्रशिक्षार्थीमाथि अनुचित व्यवहार गरेको आरोप लागेपछि उनले सैनिक सेवासमेत गुमाएका थिए। तर, पछि उनी पुनर्बहाली भएको बताइएको छ।
स्रोत: WordPress
पाठक प्रतिक्रिया
टिप्पणी गर्न Google खाताबाट लगइन गर्नुहोस्।
Google बाट लगइन गरेर टिप्पणी गर्नुहोस्अहिलेसम्म प्रकाशित टिप्पणी छैन।