वीरगञ्ज । विद्यार्थीहरूलाई संसदीय प्रक्रिया, लोकतान्त्रिक मूल्य–मान्यता र कानुनी व्यवस्थाबारे व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजित ‘मनकामना नमुना संसदीय अभ्यास–२०८३’ सम्पन्न भएको छ।

विज्ञापन

मनकामना कलेजको सहकार्यमा तराई मधेश कानून विद्यार्थी समाजले आयोजना गरेको उक्त कार्यक्रममा विद्यार्थीहरूले नमुना संसदीय अभ्यासमार्फत संसदीय कार्यप्रणाली, लोकतान्त्रिक अभ्यास तथा नेतृत्व विकाससम्बन्धी अनुभव हासिल गरेका थिए।

विज्ञापन

प्रभात लहेराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य रामचन्द्र प्यासी कुशवाहा प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा मनकामना कलेजका निर्देशक रामबाबु कुशवाहासहित शिवनाथ पटेल, जयप्रकाश साह, रामविद्या कुशवाहा र आनन्द शर्मालगायतको उपस्थिति थियो।

विज्ञापन

त्यसैगरी, तराई मधेश कानून विद्यार्थी समाजका संस्थापक अध्यक्ष आकाश महतो, कानुनी अभियान ४.० का संयोजक सिवजी कुशवाहा, पर्सा जिल्ला संयोजक रवि मिश्र, बारा जिल्ला संयोजक राज गुप्तासहित कानूनका विद्यार्थीहरूको सहभागिता रहेको थियो।

विज्ञापन

कार्यक्रमका क्रममा अभियानका संयोजक सिवजी कुशवाहाले कार्यक्रम सञ्चालनमा सहयोग र सहकार्य गरेको भन्दै मनकामना कलेजका निर्देशक रामबाबु कुशवाहाप्रति आभार व्यक्त गरे।

विज्ञापन

यसै कार्यक्रमसँगै कानुनी आवाज अभियान ४.० को औपचारिक समापनसमेत गरिएको छ। अभियानमार्फत विभिन्न विद्यालयमा कानुनी सचेतना कार्यक्रम सञ्चालन गरी ८० भन्दा बढी विद्यालयका विद्यार्थीमाझ कानुनी शिक्षा र सचेतना पुर्‍याइएको संयोजक कुशवाहाले जानकारी दिए।

अभियानले विद्यार्थीहरूलाई संविधान, मौलिक हक, नागरिक कर्तव्य, निर्वाचन प्रणाली, संसदीय अभ्यास तथा कानुनी अधिकारबारे जानकारी गराउँदै कानुनप्रति सचेत र जिम्मेवार नागरिक निर्माण गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ।

स्रोत: WordPress