बीरगंज २४ कात्तिक ।

विज्ञापन

तिहारको समाप्तिसँगै तराई–मधेसमा आस्थाको महान पर्व ‘छठ’ को तयारी र चहलपहल सुरु भएको छ। कार्तिक शुक्ल पक्षको चौथीदेखि सप्तमी तिथिसम्म चार दिन मनाइने यस पर्वको मुख्य दिन (षष्ठी तिथि) कात्तिक २९ गते आइतबार परेको छ। भोजपुरी, अवधि, बज्जिका र मैथिली भाषीहरूको प्रमुख पर्व मानिने छठका लागि अहिलेदेखि नै पूजा सामग्रीको किनमेल र जलाशयहरूको सरसफाइ तथा सजावटको काम तीव्र पारिएको छ।

विज्ञापन

घाटहरूको सरसफाइ र सजावटमा आकर्षण नदी, तलाउ र पोखरी जस्ता जलाशयहरूमा मुख्य पूजा आराधना गरिने भएकाले वीरगन्जका विभिन्न छठघाटहरूमा अहिलेदेखि नै तयारी जोडतोडका साथ भइरहेको छ। पछिल्लो दुई दशकयता छठीघाट सजाउने क्रममा स्थानीय समितिहरूबीच एक प्रकारको होडबाजी नै देखिने गरेको छ।

विज्ञापन
  • बीरगंजको प्रसिद्ध घडीअर्वा पोखरी पार्क लगायत रानीघाटको सिर्सिया नदी, छपकैया पोखरी, स्विमिङ पुल, नगवा पोखरी, मुर्ली पोखरी, पिपरा, रामगढवा, सिर्सिया र अलौंलगायतका स्थानमा सरसफाइ र सजावट सुरु गरिएको छ।

    विज्ञापन
  • आकर्षक टेन्ट, पण्डाल र झिलीमिली बत्ती जडानका लागि स्थानीय छठ पूजा व्यवस्थापन समितिहरूले लाखौँ रुपैयाँ खर्च गर्दै आएका छन्।

    विज्ञापन
  • घडीअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश साह कानूका अनुसार यस वर्ष घडीअर्वा पोखरीको सजावट र व्यवस्थापनमा मात्रै करिब २० लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ। घाटलाई भव्य रूप दिन भारतबाट समेत विशेष रूपमा कारिगरहरू बोलाइएको छ।

बजारमा किनमेलको चाप छठ पर्व नजिकिँदै जाँदा वीरगन्जका बजारहरूमा पूजा सामग्री, भाँडावर्तन, फलफूल, मसला र नयाँ कपडा किन्नेहरूको भिडभाड बढेको छ। घण्टाघर क्षेत्रलगायत बजारमा अहिलेदेखि नै आवश्यक बन्दोबस्त गर्दा पूजाका बेला धपेडी नहुने र केही सस्तो समेत पर्ने स्थानीय उपभोक्ताहरूको भनाइ छ। परिवारका सबै सदस्यले नयाँ वस्त्र लगाउने चलन भएकाले रेडिमेट कपडा पसल तथा डिपार्टमेन्टल स्टोरहरूमा समेत ग्राहकहरूको अत्यधिक चाप देखिएको छ।