नवलपुर  २२ कात्तिक ।

विज्ञापन

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुलीमा गुडिरहेको मोटरसाइकललाई ट्र्याक्टरले ठक्कर दिँदा एक प्रहरी जवानको ज्यान गएको छ।

विज्ञापन

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.प्र. ०२–०७३ प २०७७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको लु ३ त ३६३३ नम्बरको ट्र्याक्टरले आइतबार बिहान ठक्कर दिएको थियो।

विज्ञापन

ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक डडेलधुराको अजयमेरु गाउँपालिका–१ घर भई हाल काठमाडौँस्थित प्रहरी वृत्त सामाखुसीमा कार्यरत २४ वर्षीय प्रहरी जवान लोकेश भण्डारीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी अनिल पण्डितले जानकारी दिएका छन्।

विज्ञापन

दुर्घटनापछि गम्भीर घाइते भएका भण्डारीलाई तत्काल उद्धार गरी मध्यविन्दु प्रादेशिक अस्पताल (डण्डा) पुर्‍याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

विज्ञापन

प्रहरीले दुर्घटनामा संलग्न ट्र्याक्टर र त्यसका चालक कावासोती नगरपालिका–१३ का ३२ वर्षीय लोकबहादुर महतोलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको जनाएको छ।