जनकपुरधाम २३ कात्तिक ।
सिरहाको भगवानपुर गाउँपालिकाबाट ठूलो परिमाणमा लागूऔषध गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। भगवानपुर गाउँपालिका–४ कल्याणपुर टोलका ५५ वर्षीय देवशरण यादवलाई ८३ किलोभन्दा बढी गाँजासहित नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सोमबार बिहान करिब ३:३० बजे भगवानपुर–४ स्थित बलान खोला क्षेत्रमा केही व्यक्तिहरू टाउकोमा शङ्कास्पद पोकाहरू बोकेर हिँडिरहेको गोप्य सूचना प्राप्त भएको थियो। सोही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी ठाडीबाट खटिएको संयुक्त प्रहरी टोली तत्कालै घटनास्थलमा पुगेको थियो।
प्रहरीलाई देख्नैबित्तिकै उनीहरू बोकेका पोकाहरू त्यहीँ छोडेर फरार हुन खोजेका थिए। सोहीभागदौडका क्रममा प्रहरीले यादवलाई भने नियन्त्रणमा लिन सफल भएको छ।
पाँचवटा पोकामा ८३ किलोभन्दा बढी गाँजा बरामद घटनास्थलमा छोडिएका पोकाहरूको खानतलासी गर्दा कपडा र प्लास्टिकले बेरिएका बोराभित्र लुकाएर राखिएको अवस्थामा कुल ८३ किलो ५६० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न अन्य व्यक्तिहरू भने अँध्यारोको फाइदा उठाउँदै फरार भएका छन्। प्रहरीले फरार भएकाहरूको तीव्र खोजी गर्नुका साथै पक्राउ परेका यादवमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाइएको जनाएको छ।
पाठक प्रतिक्रिया
टिप्पणी गर्न Google खाताबाट लगइन गर्नुहोस्।
Google बाट लगइन गरेर टिप्पणी गर्नुहोस्अहिलेसम्म प्रकाशित टिप्पणी छैन।