काठमाडौँ २२ कात्तिक ।
काठमाडौँको कलङ्कीबाट थ्री नट थ्री राइफलमा प्रयोग हुने एक राउण्ड गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ महानगरपालिका–१४ स्थित कलङ्की चोकमा शङ्कास्पद रूपमा हिँड्डुल गरिरहेका तनहुँको व्यास नगरपालिका–११ दमौलीका ४२ वर्षीय सुरेन्द्र नेपालीको साथबाट प्रहरीले उक्त गोली बरामद गरेको हो।
पक्राउ परेका नेपालीमाथि हातहतियार तथा खरखजानासम्बन्धी मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
पाठक प्रतिक्रिया
टिप्पणी गर्न Google खाताबाट लगइन गर्नुहोस्।
Google बाट लगइन गरेर टिप्पणी गर्नुहोस्अहिलेसम्म प्रकाशित टिप्पणी छैन।