काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितालाई लक्षित गरी अनलाइनमार्फत सट्टेबाजी सञ्चालन गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

विज्ञापन

पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित भोजपुर थानाका ३२ वर्षीय सोनुकुमार सिन्हा रहेका छन्। काठमाडौं महानगरपालिका-१७ ठमेलमा बस्दै आएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

विज्ञापन

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी एनपीएल २०२६ का खेलमा केही व्यक्तिले अनलाइन माध्यमबाट सट्टेबाजी गर्ने तथा गराउने गरेको सूचना पाएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। सोही क्रममा सिन्हालाई नियन्त्रणमा लिइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

विज्ञापन

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट सिन्हाले विभिन्न अनलाइन बेटिङ साइटमार्फत ८९ लाख ८१ हजार ७२९ रुपैयाँ बराबरको आर्थिक कारोबार गरेको खुलेको छ।

विज्ञापन

पक्राउ परेका सिन्हालाई जुवा खेल्ने वा सट्टेबाजी गर्न नहुने कसुरमा थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

विज्ञापन

स्रोत: WordPress