बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–४ औराहामा रुखबाट लडेर एक वृद्धको मृत्यु भएको छ।

विज्ञापन

मृत्यु हुनेमा औराहा निवासी ६४ वर्षीय ज्ञानबहादुर थिङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बुधबार बिहान करिब ८ः१० बजे आफ्नै गोठघर नजिकै रहेको बकाइनोको रुखमा चढेर घाँस काट्ने क्रममा उनी अचानक तल खसेका थिए।

विज्ञापन

रुखबाट लडेर गम्भीर घाइते भएका थिङलाई तत्काल उपचारका लागि सिमरा नगर अस्पताल पुर्‍याइएको थियो। तर, अस्पतालमा चिकित्सकले परीक्षण गर्दा बिहान ८ः४९ बजे उनलाई मृत घोषणा गरेका थिए।

विज्ञापन

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी औराहाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी निरीक्षक विनोदराज खत्रीको नेतृत्वमा सोको (SOCO) सहितको टोली खटिएको प्रहरीले जनाएको छ।

विज्ञापन

प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी बिहान ९ः३७ बजे शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

विज्ञापन

स्रोत: WordPress