रौतहट/अज्ञात समूहले गोली प्रहार गर्दा रौतहटमा एक युवक घाइते भएका छन्।

विज्ञापन

रौतहटको गौर नगरपालिका–४ गडवा टोलस्थित पानी ट्याङ्की नजिक मङ्गलबार राति अज्ञात व्यक्तिले गोली प्रहार गर्दा स्थानीय २८ वर्षीय राकेश यादव घाइते भएका हुन्।

विज्ञापन

गोली लागेर घाइते भएका यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

विज्ञापन

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ।

विज्ञापन

गोली प्रहारको कारण खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विज्ञापन

 

 

स्रोत: WordPress