बागलुङ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का क्षेत्रीय सभापति अमर खड्काको घरमा प्रहरीले छापा मारेर जुवा खेलिरहेको अवस्थामा ९ जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले बागलुङ नगरपालिका-२ निवासी खड्काको घरमा सञ्चालन भइरहेको जुवाखालमा छापा मार्दा खड्कासहित ९ जना पक्राउ परेका हुन् ।
प्रहरीले उनीहरूको साथबाट १ लाख ६४ हजार रुपैयाँ नगदसमेत बरामद गरेको जनाएको छ । पक्राउ परेकाहरूको स्वास्थ्य परीक्षण (मेडिकल) गराएपछि जुवा ऐनअनुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।
सत्तारुढ दलकै क्षेत्रीय नेतृत्वमा रहेका व्यक्तिको घरमा जुवाखाल सञ्चालन भएको घटनाले स्थानीय राजनीतिक वृत्तमा समेत चासो बढाएको छ ।
स्रोत: WordPress
पाठक प्रतिक्रिया
टिप्पणी गर्न Google खाताबाट लगइन गर्नुहोस्।
Google बाट लगइन गरेर टिप्पणी गर्नुहोस्अहिलेसम्म प्रकाशित टिप्पणी छैन।