विराटनगर । सोलुखुम्बुको फाप्लु क्षेत्रमा दुईवटा हेलिकप्टर एकआपसमा ठोक्किँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ भने अर्का एक जना विदेशी नागरिक घाइते भएका छन् ।
फेरेचे हेलिप्याडमा अवतरण गर्ने क्रममा फिस्टेल एयर र एयर डाइनेस्टीका हेलिकप्टर आपसमा ठोक्किएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
दुर्घटनामा घाइते भएका अर्का विदेशी नागरिकको अवस्था र थप विवरणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । हेलिकप्टरमा कुल कति जना सवार थिए भन्नेबारे यकिन विवरण आइनसकेको प्रहरी नायब उपरीक्षक नवीनराज बुढाथोकीले जानकारी दिए ।
दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
स्रोत: WordPress
पाठक प्रतिक्रिया
टिप्पणी गर्न Google खाताबाट लगइन गर्नुहोस्।
Google बाट लगइन गरेर टिप्पणी गर्नुहोस्अहिलेसम्म प्रकाशित टिप्पणी छैन।