काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ३३ लाख रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको छ।
घुस लेनदेन भइरहेको भन्ने सूचनाका आधारमा नगरपालिकामा पुगेको अख्तियारको टोलीले छापा मार्दै घिमिरेसहित केही कर्मचारीलाई नियन्त्रणमा लिएको अख्तियार स्रोतले जनाएको छ। टोलीले घटनास्थलबाट ३३ लाख रुपैयाँ बरामद गरेको बताइएको छ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले घटनाको पुष्टि गर्दै ठूलो परिमाणमा रकम फेला परेको जानकारी दिएका छन्। उनका अनुसार घटनास्थलमा बरामद रकमको गणना तथा घटनासँग सम्बन्धित मुचुल्का तयार पार्ने काम भइरहेको छ।
घटनामा अन्य कर्मचारीको संलग्नता रहे–नरहेको विषयमा समेत अख्तियारले अनुसन्धान गरिरहेको छ।
स्रोत: WordPress
पाठक प्रतिक्रिया
टिप्पणी गर्न Google खाताबाट लगइन गर्नुहोस्।
Google बाट लगइन गरेर टिप्पणी गर्नुहोस्अहिलेसम्म प्रकाशित टिप्पणी छैन।