वीरगञ्ज । प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति हरि पन्तले वर्तमान बालेन सरकारले ‘इन्डिया कार्ड’ र ‘चाइना कार्ड’मा पटक्कै विश्वास नगर्ने बताएका छन्।
वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले आज टाउनहलमा आयोजना गरेको भारतीय राष्ट्रिय गीत ‘वन्दे मातरम्’को १५०औँ वार्षिकोत्सव विशेष सांस्कृतिक कार्यक्रममा सम्बोधन गर्दै सांसद पन्तले यस्तो बताएका हुन्।
उनले नेपाल र भारतबीचको सम्बन्ध विशिष्ट प्रकृतिको रहेको उल्लेख गर्दै नेपालले भारतसँगको सम्बन्धलाई सधैँ उच्च महत्त्व दिँदै आएको बताए।
सांसद पन्तले नेपाल र भारत दुवै देशका साझा धार्मिक धरोहर तथा चाडपर्वले दुई देशबीचको आपसी सम्बन्धलाई जीवन्त राख्न महत्त्वपूर्ण भूमिका खेलेको पनि बताए।
भारतीय महावाणिज्यदूत देवी सहाय मीनाको अध्यक्षतामा सम्पन्न उक्त विशेष सांगीतिक समारोहमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर), नयाँ दिल्लीको तर्फबाट सुश्री विजया भारतीको नेतृत्वमा आएको टोलीले सांगीतिक प्रस्तुति दिएको थियो।
कार्यक्रममा महावाणिज्यदूत देवी सहाय मीनाले भारतीय राष्ट्रिय गीत ‘वन्दे मातरम्’को ऐतिहासिक तथा सांस्कृतिक महत्त्वबारे प्रकाश पारेका थिए।
स्रोत: WordPress
पाठक प्रतिक्रिया
टिप्पणी गर्न Google खाताबाट लगइन गर्नुहोस्।
Google बाट लगइन गरेर टिप्पणी गर्नुहोस्अहिलेसम्म प्रकाशित टिप्पणी छैन।