काठमाडौँ । गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ। मन्त्रालयले राष्ट्रिय निर्देशन ऐन, २०१८ को प्रावधानअनुसार संस्थाको गतिविधिमाथि रोक लगाउने निर्णय गरेको हो।

विज्ञापन

मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सूचनामा ऐनको दफा ६ को उपदफा (२) बमोजिम एन-प्याब्सनलाई निलम्बन गरिएको उल्लेख छ। मन्त्रालयका अनुसार संस्थाले ऐनको दफा ५ अन्तर्गत जारी गरिएका निर्देशन पटक–पटक अवज्ञा गर्दै आएको थियो।

विज्ञापन

त्यसैगरी, संगठनका पदाधिकारीबाट सरकारबाट स्वीकृत विधान र संस्थाको मूल उद्देश्यविपरीत गतिविधि भएको मन्त्रालयको ठहर छ।

विज्ञापन

यसअघि मन्त्रालयले २०८३ असोज २३ गते सम्बन्धित सरोकारवालासँग छलफल गरी राष्ट्रिय निर्देशन ऐन तथा २०८२ मंसिर १२ गते जारी गरिएको निर्देशनअनुसार काम गर्न आग्रह गरेको थियो। तर, पटक–पटक सचेत गराउँदा पनि निर्देशनको पालना नभएको भन्दै मन्त्रालयले निलम्बनको निर्णय लिएको जनाएको छ।

विज्ञापन

मन्त्रालयले निलम्बनसम्बन्धी सूचना जारी भइसकेपछि एन-प्याब्सनको नाममा कुनै समूह वा गुटले गतिविधि सञ्चालन गरे त्यस्तो कार्य गैरकानुनी हुने स्पष्ट पारेको छ। साथै, निर्णयविपरीतका गतिविधिमा संलग्न हुनेलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिएको छ।

विज्ञापन

स्रोत: WordPress