बीरगंज २४ कात्तिक ।

विज्ञापन

बाराको महागढीमाई नगरपालिका–३, गंजभवानीपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–११, घोगरहिया निवासी द्वारिका प्रसाद जयसवालका २५ वर्षीय छोरा राजु जयसवाल रहेका छन्।

विज्ञापन

मोहन साह कलवारको निर्माणाधीन घरमा वेल्डिङको काम गरिरहेका बेला मंगलबार दिउँसो करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्‍याइएकोमा चिकित्सकले दिउँसो १ बजेर १५ मिनेटमा मृत घोषणा गरेका हुन्।

विज्ञापन

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक विमल खतिवडाको नेतृत्वमा सोकोसहितको विशेषज्ञ टोलीले घटनास्थलको मुचुल्का तथा आवश्यक अनुसन्धान प्रक्रिया पूरा गरेको प्रहरीले जनाएको छ।

विज्ञापन

पोस्टमार्टमपछि मृतकका दाजु रिकेश जयसवालले मंगलबार साँझ शव बुझेर लगेको प्रहरीले जनाएको छ।

विज्ञापन