बीरगंज २३ कात्तिक ।

विज्ञापन

लोक आस्थाको महान् पर्व छठ पूजाका अवसरमा यसवर्ष पनि नेपाली सेनाले छठी माता र सूर्य भगवानलाई विशेष सलामी अर्पण गर्ने भएको छ। छठ पर्वको मुख्य दिन कात्तिक २९ गते आइतबार साँझ बीरगंज महानगरपालिका–१० स्थित प्रसिद्ध घडीअर्वा छठघाटमा पुगेर सेनाको टुकडीले सलामी अर्पण गर्ने कार्यक्रम तय भएको हो।

विज्ञापन

यसअघि दशैँको सप्तमीका दिन मात्रै सेनाले नवदुर्गा भवानीलाई सलामी दिने परम्परा रहेकोमा, गत वर्षदेखि बीरगंजमा छठ पर्वका अवसरमा समेत सलामी अर्पण गर्ने अनौठो र आकर्षक परम्पराको थालनी गरिएको हो।

विज्ञापन

वाद्यवादनसहितको परेड र मार्चपास बीरगंजको श्रीपुरस्थित नेपाली सेनाको श्री श्रीजंग गणबाट प्रमुख सेनानी लोकेन्द्र कार्कीको नेतृत्वमा सेनाको वाद्यवादनसहितको विशेष परेड र मार्चपास निकालिनेछ। सहर परिक्रमा गर्दै उक्त सेनाको टोली घडीअर्वा छठघाट परिसरमा पुग्नेछ। त्यसपछि छठघाट परिसरमै रहेको सूर्य भगवानको मन्दिरमा पुगी नेपाली सेनाको स्थापित विधि र सम्मानअनुसार छठी मैया र सूर्य भगवानलाई सलामी अर्पण गरिने प्रमुख सेनानी कार्कीले जानकारी दिए।

विज्ञापन

छठ पूजा व्यवस्थापन समितिको विशेष आग्रहमा सेनाले यो परम्परालाई यसवर्ष पनि निरन्तरता दिएको हो। छठ पर्वप्रतिको जनआस्था र लोकप्रियता दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्दै उनले सेनाले सबै धर्म, संस्कृति र चाडपर्वहरूको उच्च सम्मान गर्दै आएको बताए।

विज्ञापन

नौलो परम्पराको निरन्तरता घडीअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश कुमार साहले छठ पर्वको लामो इतिहासमा गत वर्षदेखि पहिलोपटक नेपाली सेनाले छठी मातालाई सलामी दिन थालेको स्मरण गरे। “गत वर्ष हामीले गाउँवासी तथा समितिमा सरसल्लाह गरेर सेनालाई आग्रह गरेका थियौं, जसमा सेना सकारात्मक रूपमा सहमत भयो,” अध्यक्ष साहले भने, “यसपालिको छठ पूजामा पनि सेनाले सोही गौरवपूर्ण परम्परालाई निरन्तरता दिने भएको छ, जसले पर्वको गरिमा अझ बढाएको छ।”