काठमाडौँ  २३ कात्तिक ।

विज्ञापन

गृह मन्त्रालयले तिहार पर्वलाई मध्यनजर गर्दै देशभर २४ घण्टासम्म देउसी–भैलो कार्यक्रम सञ्चालन गर्न दिने व्यवस्था मिलाउन सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ।

विज्ञापन

मन्त्रालयले सोमबार (कात्तिक २३ गते) गरेको सचिवस्तरीय निर्णयअनुसार पत्र पठाउँदै नेपालीहरूको मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा सहजीकरण गर्न स्थानीय प्रशासनलाई आग्रह गरेको हो।

विज्ञापन

मर्यादित देउसी–भैलो र कूला मापदण्डहरू गृह मन्त्रालयले देउसी–भैलो कार्यक्रमलाई पूर्ण रूपमा अनुशासित, मर्यादित र सामाजिक सद्भाव कायम राख्ने ढङ्गले सञ्चालन गर्न स्पष्ट मापदण्डहरू तोकेको छ:

विज्ञापन
  • स्वेच्छिक हुनुपर्ने: देउसी–भैलो खेल्ने कार्य पूर्ण रूपमा स्वेच्छिक हुनुपर्नेछ भने कसैलाई पनि चन्दा वा दक्षिणा दिनका लागि बलजफ्ती वा बाध्य पार्न पाइने छैन।

    विज्ञापन
  • अमर्यादित गतिविधिमा रोक: जातजाति, धर्म, भाषा, लिङ्ग तथा विभिन्न समुदायबीच द्वेष वा घृणा फैलाउने खालका अश्लील गीत, नृत्य, सङ्गीत तथा नाराबाजी गर्न पूर्ण बन्देज लगाइएको छ।

  • ध्वनि प्रदूषणमा नियन्त्रण: अत्यधिक ठूलो आवाजमा साउण्ड सिस्टम तथा अन्य ध्वनि उपकरणहरू बजाउन पाइने छैन। विशेषगरी अस्पताल, वृद्धाश्रमलगायत संवेदनशील क्षेत्रहरूमा विशेष सावधानी अपनाउन भनिएको छ।

  • सुरक्षा र स्वच्छता: सार्वजनिक तथा निजी सम्पत्तिको सुरक्षामा ध्यान दिँदै वातावरणीय स्वच्छता कायम राख्न र जथाभावी फोहोर नफाल्न निर्देशन दिइएको छ।

अवाञ्छित गतिविधि नियन्त्रणमा कडाइ मन्त्रालयले चाडपर्वका नाममा हुने जुवातास खेल्ने प्रवृत्ति, सार्वजनिक स्थलहरूमा मदिरा सेवन गरी होहल्ला गर्ने तथा मादक पदार्थ वा लागूऔषध सेवन गरेर सवारीसाधन चलाउने खतरनाक गतिविधिहरूलाई कडा रूपमा नियन्त्रण गर्न प्रशासन र प्रहरीलाई निर्देश गरेको छ।

साथै, चाडपर्व मनाउने क्रममा कुनै पनि किसिमका शङ्कास्पद गतिविधि, दुर्घटना वा आपत्कालीन समस्या देखिएमा तत्काल प्रहरीको निःशुल्क नम्बर १०० वा आपत्कालीन कार्य सञ्चालन केन्द्र (डीईओसी) को १२३४ नम्बरमा सम्पर्क गर्न आम नागरिकहरूलाई सूचित गराउन समेत जिल्ला प्रशासन कार्यालयहरूलाई भनिएको छ।