रुपन्देही २२ कात्तिक ।

विज्ञापन

भारतबाट भन्सार छलेर अवैध रूपमा नेपाल भित्र्याइएका साढे ७ लाख रुपैयाँ बराबरका मोबाइलका सामग्रीहरू रुपन्देही प्रहरीले बरामद गरेको छ।

विज्ञापन

आइतबार बिहान करिब ६ बजे लुम्बिनी सांस्कृतिक नगरपालिका–११ स्थित मसिना क्षेत्रबाट इलाका प्रहरी कार्यालय लुम्बिनीको गस्ती टोलीले उक्त अवैध सामान नियन्त्रणमा लिएको हो।

विज्ञापन

प्रहरीका अनुसार भारतीय सीमावर्ती क्षेत्रबाट यूपी ५५ एएन ०८३० नम्बरको भारतीय मोटरसाइकलमा राखी ल्याउँदै गरेको अवस्थामा विभिन्न प्रकारका मोबाइल पार्टपुर्जा तथा एसेसरिज बरामद गरिएको हो।

विज्ञापन

बरामद गरिएका सामग्रीहरू:

विज्ञापन
  • टेम्पर्ड ग्लास: १ हजार ३१ थान

  • कर्भ्ड ग्लास (विथ ग्लु): २४० थान

  • आईफोन ब्याट्री: ४३ थान

  • एयरबड्स: १०० थान

  • आईफोन ब्याक प्यानल: १४६ थान

  • एन्ड्रोइड ब्याक प्यानल: ६ थान

  • एन्ड्रोइड ब्याट्री: १०३ थान

बरामद गरिएका मोबाइलका सामग्रीको बजार मूल्य रु. ६ लाख ६२ हजार ६७० र सामान ओसारपसारमा प्रयोग गरिएको मोटरसाइकलको मूल्य रु. ५० हजार कायम गरी कुल रु. ७ लाख १२ हजार ६७० बराबरको मूल्याङ्कन गरिएको प्रहरीले जनाएको छ।

सामान र मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।